सवारी दुर्घटनामा दाङमा ४ वर्षमा ४ सय ६७ जनाले ज्यान गुमाए

आइतबार, पुस २९, २०८०
Neuro hospital Nepalgunj

तुलसीपुर (दाङ )। सवारी दुर्घटनामा दाङमा मात्रै बिगत ४ वर्षयता ४६७ जनाले ज्यान गुमाएका छन् ।

विभिन्न सवारी दुर्घटनामा ४६७ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ।

दाङमा गत साउनदेखि पुस महिनासम्म दुर्घटनामा परि ४३ जनाको मृत्यु भइसकेको छ। त्यस्तै आर्थिक वर्ष २०७५-०७६ देखि चालु आर्थिक वर्षको मंसिर १२ गतेसम्मको तथ्यांकअनुसार दाङमा १ हजार ११ वटा  दुर्घटना हुँदा ४२५ जनाले ज्यान गुमाएको दाङ ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार  दाङ  जिल्लामा आर्थिक वर्ष २०७५-०७६ मा १८४ दुर्घटनामा १०४  जनाको ज्यान गएको हो।  त्यस्तै आर्थिक वर्ष २०७६-०७७ मा १९३ दुर्घटनामा ७१ जना, आर्थिक वर्ष २०७७-०७८ मा २१२ दुर्घटनामा ७७ जना, आर्थिक वर्ष २०७८-०७९ मा २०३  दुर्घटनामा ९५ जना, गत आर्थिक वर्षमा १४८ दुर्घटनामा ५५ जना र चालु आर्थिक वर्षको मंसिर १२ गतेसम्म २३ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै गत दाङमा शुक्रबार राति भालुभाङमा भएको वस दुर्घटनामा १२ जनाले ज्यान गुमाएका छन् ।  

 

 

 

 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १९:३५
प्रतिक्रिया दिनुहोस्