सर्वोच्च अदालत अगाडि न्यायाधीशकी श्रीमतीद्वारा आत्मदाहको प्रयास

आइतबार, पुस २९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । सर्वोच्च अदालत अगाडि  एक महिलाले आत्मदाहको प्रयास गरेकी छिन् । आज दिउँसो न्यायाधीश भुवन गिरीकी श्रीमतीले सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी हुन् ।

काठमाडौं प्रहरी परिसरका अनुसार सर्वोच्च अदालत पुगेकी ती महिलाले आफूमाथि मट्टितेल छर्किएकी हुन् । प्रहरीले उनलाई तत्काल उद्धार गरी वीर अस्पताल लगेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए।

ती महिलाले श्रीमान् गिरीमाथि वैवाहिक बलात्कारको मुद्दा हालेकी थिइन् । उनले गिरीलाई थुनामा राख्न माग गर्दै आएकी छिन् ।

गिरीविरुद्ध जिल्ला अदालत कपिलवस्तुले चैत २२ गते पक्राउ पुर्जी जारी गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँले गत चैत २८ गते पक्राउ गरी कपिलवस्तु लगेको थियो ।

गिरीलाई अदालतले २ लाख ७५ हजार रूपैयाँ धरौटीमा मुक्त गरेको थियो ।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्