नेपाल पाकिस्तानसँग ४ विकेटले पराजित

शुक्रबार, असार २९, २०८०

काठमाडौं ।  श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान 'ए' टोलीसँग ४ विकेटले पराजित भएको छ।

आज बिहान पहिलो ब्याटिङ गरेको नेपालले ३७ ओभर खेलेर अलआउट हुँदै  १८० रनको लक्ष्य दिएको पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाउँदै १८१ रन बनाउदै विजयी भएको हो।

पाकिस्तानकातर्फबाट तैयब ताहिरले सर्वाधिक ५१ रन बनाएका छन् । नेपालका ललित राजवंशीले ३ तथा पवन सराफले २ र कुशल मल्लले १ विकेट लिएका छन् ।नेपालका लागि सोमपाल कामीले १०१ बल खेल्दै सर्वाधिक ७५ रन जोडेका थिए।

पाकिस्तानी बलर सहनवाज दहानीले सर्वाधिक  ५ विकेट लिएका थिए भने मोहमद वासिम ४ र मुबसिन खानले १ विकेट लिएका छन् ।

प्रतियोगितामा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा पाकिस्तान ‘ए’ , भारत ‘ए’ र युएई छन् ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १६:१६
प्रतिक्रिया दिनुहोस्