बाँकेको बिनौनामा नेपाली कांग्रेस क्षेत्र नं. १ को माघी पर्वको शुभकामना आदानप्रदान कार्यक्रम

आइतबार, पुस २९, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । बाँकेको राप्तीसोनारी वडा नं.५ स्थित  बिनौनामा थारू जातिको महान माघी पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक गिरीले माघीको शुभकामना दिदै आफू पनि थारु गाउँ परिवेशमा जन्मेको भन्दै थारु जातिसँग आफ्नो अटुट सम्बन्ध रहेको बताएका थिए। त्यस्तै नेता गिरीले राप्तीसोनारीका थारु जातिका सबैसँग मायाप्रेम रहेको बताए।

नेपाली कांग्रेस बाँके क्षेत्र नं.१ क्षेत्रीय समिति थारू जाती समन्वय शाखाका अध्यक्ष गंगाराम थारुको सभापतित्व र नेता गिरीको प्रमुख आतिथ्य तथा पूर्व सांसद गोपाल दहितको विशेष आतिथ्यमा शनिबार सम्पन्न कार्यक्रममा थारू जातिको मौलिक संस्कृति झल्किने बिभिन्न नृत्य तथा गित संगितहरू पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, कांग्रेस बाँके क्षेत्र नं. १ का क्षेत्रिय सभापति पोषण केसी, लुम्बिनी प्रदेश सभा सदस्य सन्जु कुमारी थारु, कोहलपुरका मेयर पुर्ण प्रसाद आचार्य, कांग्रेसका युवा नेता एवं राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, कांग्रेस लुम्बिनी प्रदेश सदस्य टेकनारायण भुषाल , नेता चिन्तामणि धिताल लगायत नेता कार्यकर्ता तथा स्थानीयहरुको सहभागिता रहेको थियो।

 

 

 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १०:४१
प्रतिक्रिया दिनुहोस्