चन्द्रागिरि निजी कार दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ५ पुग्यो

शनिबार, पुस २८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । चन्द्रागिरि निजी कार दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ।

आज दिउँसो चन्द्रागिरि नगरपालिका-४ सेतो पहरामा थानकोटबाट चित्लाङ जाँदै गर्दा  दुर्घटनामा परेको  प्रदेश—३— ०१—०२३ च ६९८५ नम्बरको निजी कारमा सवार ६ वर्षीय बालक स्माइल गौतमको उपचारका क्रममा बयोधा अस्पताल बल्खुमामा मृत्यु भएको हो। योसँगै मृत्यु हुनेको संख्या ५ पुगेको प्रहरीले जानकारी दिएको छ।

यसअघि नै दिउँसो कार दुर्घटनामा काठमाडौं लाजिम्पाट बस्ने ओमकार तिवारी, महेशकुमार गौतम, कल्पना गौतम र श्रीयन्स गौतमको घटनास्थलमै मृत्यु भइसकेको हो। 

 

 

 

 

 

 

 

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १८:१९
प्रतिक्रिया दिनुहोस्