मिटरब्याज पीडितलाई न्याय दिनुपर्ने रवि लामिछानेको माग

शुक्रबार, असार २९, २०८०

काठमाडौं । मिटरब्याज पीडितलाई न्याय दिनका लागि ल्याउनुपर्ने विधेयक तुरुन्त नल्याए संसद चल्न नदिनेराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एबम संसदीय दलका नेता रवि लामिछानेले बताएका छन् ।

प्रतिनिधि सभा बैठकमा बोल्दै लामिछानेले आफ्नो पार्टी  मिटरब्याज पीडितको पक्षमा रहेको बताउँदै  मिटरब्याज पीडितलाई तत्काल न्याय दिनुपर्ने पक्षमा आफुहरु रहेको बताएका छन् । 

उनले पीडितलाई न्याय दिनका लागि ल्याउनुपर्ने विधेयक संसदमा किन नल्याएको भन्दै प्रश्न गरे ।

कसको कारण र किन उक्त विधेयक नल्याएको भन्दै प्रश्न गरेका उनले तत्काल उक्त विधेयक संसदमा ल्याएर पीडितलाई न्याय दिनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १५:५७
प्रतिक्रिया दिनुहोस्