दाङमा भएको बस दुर्घटनाप्रति सांसद गिरीद्वारा दुख व्यक्त

शनिबार, पुस २८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । १२ जनाको मृत्यु भएको दाङ बस दुर्घटनाप्रति सांसद एव नेपाली कांग्रेसका नेता दीपक गिरीले गहिरो दुःख व्यक्त गरेका छन् ।

दाङ क्षेत्र नम्बर ३ का सांसद गिरीले बस दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै गिरीले मृतकका परिवारजनमा समवेदना प्रकट गर्दै यस घटनाबाट आफू स्तब्ध र शोकाकुल बनाएको बताएका छन् ।

 नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस गएराति साढे १० बजे दाङको राप्ती गाउँपालिका-१ भालुवाङको राप्ती नदीको पुलबाट खस्दा १२ जनाको मृत्यु भएको थियो भने  २२ जना घाइते भएका छन् । 

 

 

 

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १३:४०
प्रतिक्रिया दिनुहोस्