सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
टीकापुर । रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । पार्टीको संरक्षक रेशमको मात्र अध्यक्षमा उम्मेदवारी दिएपछि निर्विरोध निर्वाचित भएका हुन् ।
महाधिवेशन नयाँ कार्यसमिति चयन गर्न आज भएको मनोनयन दर्ताको समयावधिमा अध्यक्ष पदमा रेशमको मात्र उम्मेदवारी दर्ता भएको हो । योसँगै अध्यक्षमा निर्विरोध भएका छन् । तर यसको औपचारिक घोषणा हुन भने बाँकी छ ।
टीकापुरमा जारी प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमिति चयनका लागि मतदान हुँदैछ । यसअघि आज नै मनोनयन दर्ताको समय तोकिएको थियो । जसअनुसार वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डितको उम्मेदवारी परेको छ ।
यसैगरी उपाध्यक्षमा अम्बरबहादुर लिम्बू, रतनबहादुर थापा, दुर्गा पन्त, राजेश अधिकारी, शिवकुमार बास्तोला, हिमाञ्चलराज भट्टराई, तेजबहादुर भुजेल, रामकुमार महतो, महेन्द्र पुन र इन्द्रकुमारी लिम्बूको उम्मेदवारी परेको छ ।
यसैगरी महासचिव पदमा धर्मबहादुर चौधरी, ठाकुरसिंह थारु र गंगाराम चौधरी डंगौराको उम्मेदवारी परेको छ ।
साथै सहमहासचिव पदमा रामलाल डंगौरा, पदम अधिकारी, पवनकुमार साह, दिलकुमार लावती, राजन गुरुङ, प्रेमवती राना र निरबहादुर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
सचिवमा तुलसीप्रसाद चौधरी, ललित तम्राकार, चन्द्रकुमार चौधरी र विजयकुमार बस्नेतको मनोनयन दर्ता भएको छ । सहसचिवमा पुष्पलता रेग्मी अधिकारी, करिश्मा कठरिया, अहमद हुसेन मनिहार, मणिराम भण्डारी, लालबहादुर रावल र अम्बरबहादुर लिम्बू (इजम)को उम्मेदवारी परेको छ । कोषाध्यक्षमा टीकालक्ष्मी चौधरीको उम्मेदवारी परेको छ ।