खेलकुद मन्त्री लिम्बूलाई पत्नी शोक

शुक्रबार, पुस २७, २०८०
Neuro hospital Nepalgunj

मोरङ । नेपाली कांग्रेसका नेता एवं युवा तथा  खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई पत्नी शोक परेको छ । मन्त्री लिम्बूकी पत्नी गंगामाया लिम्बूको ५८ वर्षको उमेरमा गएराति निधन भएको हो । 

लामो समयदेखि कलेजेको क्यान्सरको उपचार गराइरहेकी लिम्बूको घरैमा निधन भएको हो । 

मन्त्री लिम्बू भने काठमाडौँमै रहेका थिए । मन्त्री लिम्बू मोरङ पुगेका छन् । मन्त्री लिम्बूका १ छोरी र १ छोरा रहेका छन् । 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्