बेल्जियममा किरातहरुको पर्व चाकोस तङ्नाम धुमधमले मनाइँयो

शुक्रबार, पुस २७, २०८०

बेल्जियम । बेल्जियमा बसोबास गर्ने किरात लिम्बुहरुले आफ्नो मौलिक धर्म अनुुसार पर्ने सबै भन्दा ठुलो चाँड चाकोस तङ्नाम (उधौली पर्व) धुमधामका साथ मनाएका छन् । 

लुभेन शहर नजिक क्यासिलोमा मनाइएको उक्त पर्वमा कार्यक्रमका प्रमुख अतिथि बेल्जियमका लागि नेपाली दुतावासका तृतीय सचिब रमेश गैरेले नेपालीहरु भेषभूषा, संस्कृति, चाँडपर्वहरुले सुसज्जित भएको स्मरण, यस्ता नीधिहरुको संरक्षण र प्रवर्धनमा निरन्तरता दिनुपर्ने बताएका थिए। 

गैरेले चाँडपर्व मनाउनु व्यक्तिको मौलिक अधिकार भएको हुँदा विगतमा के कसो भए भन्दा पनि बर्तमान र भविष्य प्रति सकारात्मक रुपले सोच्दै प्रवासी नेपालीबीच सामाजिक एकता र सद्भावलाई अझ महत्व दिनुपर्ने तर्क प्रस्तुत गरेका थिए । 

कार्यक्रममा नेपाली आदिवासी जनजाती महासंघ बेल्जियकका अध्यक्ष बीरमान घर्तिमगर, गैरआवासीय नेपाली संघ केन्द्रकी महिला संयोजक अनुजा प्रधान , गैरआवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सीता सापकोटा, किरात याक्थुङ चुुम्लुङ जर्मनका अध्यक्ष पञ्चमान लिम्बु लगायतले उधौली पर्वको अवसरमा सबैलाई शुभकामना व्यक्त गरेका थिए।  

कार्यक्रमको सभातित्व किराँत याक्थुङ चुम्लुङ बेल्जियमकी कार्यबाहक अध्यक्ष पेमावती लिम्बु र उद्घोषण संस्थाकी सचिब कलाइदिङ्गो लिम्बुले गरेका थिए ।   

संस्थाका सहयोगी पूर्ण लिम्बुले किरात याक्थुङ चुम्लुङ बेल्जियम, बेल्जियममा स्थापना भएका संस्थाहरु मध्ये सबै भन्दा कान्छो संस्थाको र यो संस्थाले बेल्जियममा किरात लिम्बुहरुको मौलिक संस्कार तथा संस्कृतिको जगेर्ना गर्ने सक्दो भूमिका निर्वाह गर्ने पर्ने बताएका थिए। 

लिम्बुले संस्थाको पहिलो कार्यक्रममै बेल्जियमबासी नेपाली संघसंस्था लगायत अन्य व्यक्तित्वहरुको उपस्थितिले अझ थप हौसला प्रदान गरेको र आगामी दिनहरुमा यस्ता कार्यक्रममा अझ बढि घनिभूत रुपले समाज समक्ष प्रस्तुत गर्नुपर्ने सुझाब व्यक्त गरे ।

कार्यक्रममा किरात लिम्बुहरुले आफ्नो मौलिक भेषभूषामा आधा दर्जनभन्दा बढि गीतहरुमा साकेला र च्याब्रुङ (ढोल) नृत्यहरु प्रस्तुत गरेको थिए । 

मंगलबार भएको कार्यक्रममा बेल्जियममा अवस्थित विभिन्न सामाजिक तथा बैचारिक संघसंस्थाका प्रतिनिधि, उद्मोगी, व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १०:४१
प्रतिक्रिया दिनुहोस्