क्यानले गर्यो सन्दीप लामिछानेलाई निलम्बन

बिहीबार, पुस २६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । बलात्कार मुद्दामा जेल सजाय भएपछि  नेपाल क्रिकेट संघ क्यानले क्रिकेटर सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।

बलात्कारमा दोषी ठहर सन्दीपलाई अदालतले आठ वर्षको कैद सजाय सुनाएपछि बिहीबार क्यानले घरेलु र अन्तर्राष्ट्रिय खेलबाट निलम्बन गरेको हो । 

न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार सन्दीपलाई आठ वर्ष कैद सजाय र ५ लाख क्षतिपूर्ति भराउने आदेश गरेको थियो । पीडित गौशाला– २६ ले २०७९ भदौ २१ गते सन्दीपविरुद्ध गौशाला प्रहरी कार्यालयमा दिएको उजुरीमा यही पुस १३ गते न्यायाधीश ढकालको एकल इजालसले सन्दीपलाई दोषी ठहर गरेको थियो । 

बुधबार कैद सजाय सुनाइएको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १४:१०
प्रतिक्रिया दिनुहोस्