देशको अर्थतन्त्र सकारात्मक बाटोमा: अर्थमन्त्री

शुक्रबार, असार २९, २०८०

काठमाडौं । देशको अर्थतन्त्र सकारात्मक तरिकाले अगाडि बढेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । 

राष्ट्रिय सभा बैठकमा आज  अर्थमन्त्री डा. महतले अर्थतन्त्र चलायमान भइरहेको र सकारात्मकततर्फ अगाडि बढेको बताएका हुन् ।

उनले मुल्यवृद्धि पनि विगतको भन्दा घटेको बताए । उनले सरकारले करको दायरा फराकिलो पारेको भन्दै राजस्व बढ्नेमा विश्वास व्यक्त गरे । उनले राजस्व वृद्धि हुने प्रशस्त आधार देखिएको उल्लेख गरेका छन् । 

अर्थमन्त्री महतले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा अझै बढी बजेट विनियोजन गर्ने बताए ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १४:००
प्रतिक्रिया दिनुहोस्