बाँकेको बाख्रा अनुसन्धान इकाईमा आगलागी हुँदा ६३ बाख्रा जले

बुधबार, पुस २५, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज । बाँकेको खजुरामा आगलागी हुँदा ६३ वटा बाख्रा मरेका छन् । खजुरास्थित कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेशको बाख्रा अनुसन्धान इकाईमा आगलागी हुँदा ६३ वटा बाख्रा मरेका हुन् ।

विद्युत सर्ट भएर बाख्रा अनुसन्धान इकाईमा आगलागी भएको थियो । आज बिहान तीन बजे आगलागी हुँदा ६३ वटा बाख्रा मरेका हुन् ।

बाख्रा अनुसन्धान इकाईको खोर नम्बर १ मा ८३ वटा बाख्रा थिए । त्यस मध्ये २८ वटा ठूला र ३५ वटा पाठापाठीको  मरेका छन् । २१ वटा बाख्रालाई उद्धार गरिएको छ ।

स्थानीयवासी र त्यहाँका कर्मचारीले बिहान ६ बजे आगो नियन्त्रणमा लिएका थिए । घटना बारेमा अनुसन्धान भइरहेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए ।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १५:५७
प्रतिक्रिया दिनुहोस्