चिसोले विद्यालय बन्द हुँदै

बुधबार, पुस २५, २०८०

महोत्तरी । चिसो बढेपछि सामुदायिक विद्यालय बन्द हुन थालेका छन् । महोत्तरी जिल्लामा बढेको चिसोले विद्यालय बन्द हुन थालेका हुन् ।

चिसो स्याँठ, बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका  पालिकाले सामुदायिक विद्यालयले बन्द गर्ने निर्णय गरेका हुन् । 

जिल्ला सदरमुकाम जलेश्वर, मनरासिस्वा , भङ्गहा, गौशाला, बर्दिबास नगरपालिका सहित पिपरा, एकडारा, सोनमा र सम्सी गाउँपालिकाले आफ्ना क्षेत्रका सम्पूर्ण विद्यालय बन्द गरेका छन्।

जिल्ला शिक्षा तथा समन्वय एकाइ महोत्तरीका प्रमुख राजदेव यादवले चिसोबाट जनजीवन  प्रभावित हुन थालेपछि  विद्यालयमा पठनपाठन बन्द गरेको बताए । 

उनका अनुसार बर्खे बिदाबाट कट्टा हुनेगरी चारदेखि आठ दिनसम्मका लागि विद्यालय बन्द भएका हुन् ।

 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १२:३४
प्रतिक्रिया दिनुहोस्