दाङको गङ्गटे पुगे सांसद गिरी, स्थानीयसँग योजनाका बारेमा छलफल

बुधबार, पुस २५, २०८०
Neuro hospital Nepalgunj

प्रमोद आचार्य/ दाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद दिपक गिरीले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत बबइ गाउँपालिका वडा नं. १ भित्रका बिभिन्न योजनाहरुको निरीक्षण तथा अनुगमन गरेका छन् ।

दाङ क्षेत्र नम्बर ३ का सांसद दाङकै विकट ठाउँको रुपमा चिनिने बबइ १ को भाङ्गावारी ,गङ्गटे लगायतको ठाउँमा पुगेर सम्पन्न हुन नसकेका योजना तथा त्यहाँको समस्या तथा स्थानियको मागको वारेमा जानकारी समेत लिएका हुन् । 

मंगलबार दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, शान्तिनगर गाउँपालिकका अध्यक्ष प्रमोद बस्नेत , प्रमुख जिल्ला अधिकारी, सडक विभागका प्रमुख,भौतिक पुर्वाधारका प्रमुख ,तथा जिल्ला बनका प्रमुख लगायतको टोलीसहित गङ्गटे पुगेका नेता गिरीले आफुले बजेट पारेको बादुल्ले धोवीघाट झोलुङ्गे पुल निर्माणको काममा ढिलासुस्ती भयो भन्ने जनगुणासो अनुरुप आज त्यहाँ पुगी झोलुङ्गे पुल निर्माणको काम र त्यहाँको अवस्थावारे जानकारी लिएका हुन्  ।

झोलुंगे पुल निर्माणका लागी २०७८-२-११ मा रुजन नाछिरिङ .एस .सी.जे.भि.सिद्ध कुमाख गा.पा.सल्ल्यानले २०७९-२-१८ सम्म निर्माण सम्पन्न गर्ने गरी १ करोड ३८ लाख,११ हजार ,३ सय,सन्ताउन्न रुपैया ५४ पैसामा सम्झौता गरेको थियो ।सम्झौता अनुरुप समयमा निर्माण सम्पन्न गर्न नसक्दा स्थानियहरुले झोलुङ्गे पुल निर्माणको काम तत्काल संचालन गराइदिन संसद गिरी समक्ष आग्रह गरेका थिए । 

गिरीले निर्माण कम्पनि,स्थानियवासी,र भौतिक पुर्वाधार तथा सडकका प्रमुखलाइ सङ्गै राखी तत्काल निर्माणकार्य सक्न निर्देशन समेत दिएका छन । निर्माण कम्पनिले अबको ३-४ महिना भित्रमै झोलुङ्गे पुल निर्माणको काम सक्ने गरी काम गर्ने बताएको छ ।पुल निर्माणका लागी आवस्यक पिलर तथा वेसमेन्टको काम सकिसकेकाले अबको ३-४ महिना भित्रमै झोलुंगे पुल निर्माणको काम सक्ने गरी काम अगाडी वढाउने निर्माण कम्पनीले बताएको छ ।

आफु पश्चिम दाङको विकाशमा हरपल लागीरहेको बताउँदै गिरीले विकास निर्माणको लागी छुट्टाइएका योजनाहरुको काममा कसैलाइ ढिलासुस्ती गर्ने छुट नभएको बताएका छन ।आफु सधै जनताको साथमा रहेको र अहिले पनि जनताको सुख दुख तथा समस्याहरुको बारेमा जानकारी लिन गाउँ-गाउँमा पुग्ने गरेको  गिरीको भनाइ छ ।

अर्को एक प्रसङ्गमा गिरीले आफ्नै पहलमा छिट्टै भौगोलिक बिकटता रहेको  १  नम्बर वडाको गङ्गटेमा प्रहरी विट स्थापनाका लागी आफु लागीपरेको बताएका छन । भौगोलिक बिकटता, त्यसमापनि सुरक्षाको अनुभुती त्यहाँका स्थानीय सम्म पुगोस भन्ने उदेस्यले अब छिट्टै प्रहरी विट स्थापना हुनेमा  आफु बिस्वस्त रहेको गिरीको भनाइ छ ।

गिरीले यस अगाडी सिंचाइमन्त्री  भएका वेला पनि पश्चिम दाङमा विकासको बहार नै ल्याएका थिए ।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  ००:२३
प्रतिक्रिया दिनुहोस्