सोमपालको उत्कृष्ट ब्याटिङले नेपालको इज्जत जोगियो, पाकिस्तानले पायो १८० रनको लक्ष्य

शुक्रबार, असार २९, २०८०

काठमाडौं । नेपालका सोमपाल कामीको उत्कृष्ट प्रदर्शनले नेपालको इज्जत जोगिएको छ। 

एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत पाकिस्तान को 'ए'  टिमलाई   नेपालले ३७ ओभरमा  १८० रनको लक्ष्य दिएको छ ।

श्रीलंकामा  जारी प्रतियोगितामा  आज बिहान  सवा १० बजे सुरु भएको खेलमा कमजोर प्रदर्शन गरेको नेपालका लागि सोमपाल कामीले १०१ बल खेल्दै सर्वाधिक ७५ रन जोडेका छन् ।

त्यस्तै अर्जुन साउद र कुशल मल्लले १७-१७ रन जोडे।  गुल्शन कुमार झाले १३, आशिफ शेखले  १२ , कप्तान रोहितकुमार पौडेलले ४, कुशल भुर्तेल १,  पवन श्रराफले १ , सोमपाल कामी  र  भिम सर्की शुन्य,  प्रतिक जिसीले २६ र  ललित राजवंशी नट आउट हुँदै १ रन बनए।

पाकिस्तानी बलर मोहमद वासिम ४ , सहनवाज दहानी ५ मुबसिन खानले १ विकेट लिएका छन् ।

पाकिस्तानको 'ए' टिम अगाडि नेपालको कमजोर प्रदर्शनमा पनि कामीले केहि हदसम्म इज्जत जोगाए ।

प्रतियोगितामा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा पाकिस्तान ‘ए’ , भारत ‘ए’ र युएई छन् ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्