राष्ट्रिय सभा निर्वाचन: उम्मेदवारविरुद्द आज उजुरी दिन सकिने

मंगलबार, पुस २४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । राष्ट्रिय सभाका लागि उम्मेदवारी दिएकाहरु विरुद्ध आज उजुरी दिन समय छुट्टाइएको छ ।

माघ ११ गते हुन गइरहेको निर्वाचनका लागि हिजो उम्मेदवारी दर्ता गराएका ५२ जना उम्मेदवारविरुद्ध आज उजुरी दिने समय छुट्टाइएको निर्वाचन आयोगले जनाएको छ ।

फागुन २० गते समयसीमा सकिन लागेका २० सदस्यमध्ये १९ जना निर्वाचित भएर जानेछन् भने एक जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने छन् ।

जसका लागि हिजो सातै प्रदेशमा उम्मेदवारी दर्ता भएको हो । स्वीकृत निर्वाचन कार्यक्रमअनुसार आज उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह वितरण हुनेछ।राष्ट्रिय सभा निर्वाचन माघ ११ गते  हुनेछ ।  

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  ०८:५७
प्रतिक्रिया दिनुहोस्