कांग्रेस नेता कृष्ण सिटौलाले गराए उम्मेदवारी दर्ता

सोमबार, पुस २३, २०८०
Neuro hospital Nepalgunj

विराटनगर । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले राष्ट्रिय सभा चुनावका लागि कोशी प्रदेशमा मनोनयन दर्ता गरेका छन् ।

उनले विराटनगरमा मनोनयन दर्ता गरेका हुन् । उनको प्रस्तावका प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन् ।

गत प्रतिनिधि सभा चुनावमा राप्रपाका राजेन्द्र लिङदेनसँग पराजित भएका सिटौला राष्ट्रिय सभा चुनावमा उठेका हुन् ।

 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्