बालकको मृत्युले घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तनावग्रस्त

शुक्रबार, असार २९, २०८०
Neuro hospital Nepalgunj

दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लापरबाहीका कारण अक्सिजन सिलिन्डर विस्फोट भएर उपचार गराउन आएका एक बालकको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ।

बिहिवार उपचारका क्रममा घोराही उपमहानगरपालिका-३ का १० वर्षीय बालक आक्रोश नेपालीको मृत्यु भएपछि आफन्तहरुको आन्दोलनले प्रतिष्ठान तनावग्रस्त बनेको छ।

एमआरआई गर्ने क्रममा चिकित्सक र स्वास्थ्यकर्मीको लापरवाहीका कारण बालकको ज्यान गएको आफन्तले दाबी गर्दै दोषीलाई कारबाही र परिवारलाई क्षतिपूर्तिको माग गर्दै आफन्तले प्रतिष्ठानका उपकुलपतिको कार्यालय र अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका छन् ।

यता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिजिसियन डा. रमेश कँडेलले भवितब्य घटना भएको बताए । कुनै पनि बिरामीलाई निको पारेर घर पठाउने जिम्मेवारी आफूहरूको भए पनि कहिलेकाहीं यस्ता घटना हुने गरेकामा आफू दुःखी भएको उनले प्रतिक्रिया दिए ।

प्रतिष्ठान नै तनावग्रस्त बनेपछि अस्पताल प्रशासन र पीडित पक्षबीच छलफल भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १२:५५
प्रतिक्रिया दिनुहोस्