कपिलवस्तुबाट सशस्त्र प्रहरीद्वारा झण्डै साढे ४ लाखको अवैध सामाग्री बरामद

सोमबार, पुस २३, २०८०

कपिलवस्तु । सशस्त्र प्रहरीले कपिलवस्तुबाट झण्डै साढे ४ लाख मूल्य बराबरको अवैध सामाग्री बरामद गरेको छ। 

सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरबाट डीएसपी दिव्यराज कोइरालाको कमाण्डमा खटिएको टोलीले कृष्णनगर नगरपालिका -१ कुकुरभुकुवाबाट  भारतबाट अवैध रुपमा ल्याइएको ३ लाख ३० हजार रुपैयाँ बराबरको लिथियम आयोन ब्याट्री बरामद गरेको सशस्त्र प्रहरी बल नं.२८ गणका एसपी जीवन केसीले जानकारी दिएका छन् ।

त्यस्तै डीएसपी कोइरालाको टोलीले सोही स्थानबाट १ लाख १८ हजार ४ सय अवैध कपडा बरामद गरेको एसपी केसीले बताए।

एसपी केसीका अनुसार सशस्त्र प्रहरीले बरामद गरेको ४ लाख ४८ हजार ४४० रुपैयाँ बराबरको अवैध सामाग्रीलाई कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको छ।

 

 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  ०९:५२
प्रतिक्रिया दिनुहोस्