बाँकेको नरैनापुरको हात्तीपाइले जीवाणु परीक्षणमा भेटिएन पोजेटिभ केस

आइतबार, पुस २२, २०८०
Neuro hospital Nepalgunj

बाँके । बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ४ खोदवा गाउँमा  ३ सय २ जनाको  हात्तीपाइले रोगको जिवाणु परीक्षण गरिएको छ ।

उक्त आरडिटी परीक्षणमा नरैनापुरमा हात्तीपाइले रोगको जिवाणु (माइक्रोफाइलेरिया) फेला नपरेको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख नगेन्द्रकुमार शाहले जानकारी दिए ।

राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि इपिडिमियोलोजिकल मनिटरिङ सर्भेका क्रममा खोदवामा शनिबार आरडिटी जाँच गरिएको थियो।

नरैनापुरमा पोजिटिभ नदेखिएकोले औषधि सेवन गर्नुपर्ने अवस्था नभए पनि डुडुवा गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकामा यदि पोजिटिभ केस फेला परेको खण्डमा दुई वर्ष थप तीन वटै पालिकाका नागरिकले औषधि सेवन गर्नुपर्ने संयोजक शाहले बताए ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्