बेल्जियममा नेपालीहरुले धुमधामले मनाए नयाँ बर्ष

शुक्रबार, पुस २०, २०८०
Neuro hospital Nepalgunj

युरोप । बेल्जियमको लुभेन शहरमा नेपाली समुदायले पुरानो बर्षको बिदाई र नयाँ बर्ष २०२४ को स्वागतार्थ होटल मालोन तथा क्याफे डे लागारले नयाँ बर्षको पूर्व सन्ध्यामा एक भब्य साँस्कृतिक कार्यक्रम आयोजना गरेर मनाएका छन् ।

होटल मालोन तथा क्याफे डे लागारका सन्चालक, एनआरएनए बेल्जियमका उपाध्यक्ष एबम् समाजसेबी लोकेन्द्र नेपालले आयोजना गरेको उक्त कार्यक्रममा लुभेन शहरमा बस्ने नेपालीहरुको सहभागिता रहेको थियो । 

कार्यक्रमको बारेमा जानकारी दिदै अर्की सन्चालक मैया नेपालले आफुहरुले यस्तो कार्यक्रम प्रत्येक बर्ष सेवा भावले नेपाली नेपालीहरु बिच आपसी सद्भाव, एकता र भाईचारको सम्वन्ध स्थापित गर्न आयोजना गर्ने गरेको बताईन । 

उनीले भनिन “प्रवासमा बस्ने नेपालीहरुले यस्ता दिनहरुमा घरलाई स्मरण गर्ने भएकोले आफुहरुले अभिभाबकीय भूमिका स्वरुप सानो कार्यक्रम आयोजना गरिएको हो” । 

अर्का सन्चालक राजु गिरीले आफुहरुले सबै प्रवासी नेपालीहरुलाई समेटेर जाने इच्छा हुदाँहुदै पनि सिमित श्रोत र साधनका कारण सिमित ब्यक्तिलाईमात्र समेट्न सकेकोमा बताउँदै यस्तो बिषयलाई अरुले बुझ्नु पर्ने बताए ।   

कार्यक्रममा सहभागी समाजसेबी अनिता गुरुङले लागार परिवारले प्रत्येक बर्ष लुभेनमा बस्ने नेपालीहरुका लागि अभिभावकीय भूमिका निर्वाह गर्ने गरेकोमा खुसी व्यक्त गर्दै उहाँहरु बिशेष धन्यवादको पात्र हुनुभएको बताइन्  । 

त्यस्तै अर्का सहभागी दिपक रावतले एउटा व्यापारीले सामाजिक एकता र जिम्मेवारी पुरा गर्न यस्तो कार्यक्रम निशुल्क आयोजना गरेकोमा कृतज्ञता व्यक्त गरे । 

उक्त कार्यक्रममा गायक लक्ष्मी गुरुङले विभिन्न गीतहरु गाएर आमन्त्रितहरुलाई मनोरञ्जन  प्रदान गरेका थिए भने नयाँ बर्ष प्रारम्भ भएसंगै स्याम्पेन खोल्दै नेपाली–नेपालीहरु बीच नयाँ बर्षमा सुस्वास्थ्य, प्रगति र दिर्घायुको लागि शुभकामना आदान प्रदान गरेका थिए ।  

 

  

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  ११:०९
प्रतिक्रिया दिनुहोस्