सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
रौतहट । लाखौं नक्कली नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। रौतहट प्रहरीले नक्कली नेपाली नोटसहित देवाही गोनाहि नगरपालिका वडा नं ८ पटेल चौक नजिकबाट १ हजार दरको १८ लाख ४३ हजार नगदसहित पक्राउ गरेको हो ।
नक्कली नोटसहित पक्राउ परेका गुजरा नगरपालिका वडा नं ५ हरिहरपुरका २५ वर्षका सन्दिप यादवको साथबाट विभिन्न बैंकको एटीएम भिसा कार्ड ५ थान, चेक ३ थान १६ लाख ६५ हजार उल्लेख भएको र मोबाइल एक थान बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीका अनुसार यसअघि पनि गरुडा नगरपालिका वडा नं ५ स्थित शिवनगर मेलाबाट गएको असार २१ गते १ सय दरको ४ थान नक्कली नोट सहित ४ जना, गएको कार्तिक १० गते गरुडा नगरपालिका ४ स्थितबाट एक हजार दरको ७ थान नक्कली नोटसहित ३ जना र गएको मंसिर ३० गते चन्द्रपुर नगरपालिका वडा नंं १० बालचनपुरबाट एक हजार दरको नोट २० थान सहित १ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी एलिजा गिरीले जानकारी दिइन् ।
पक्राउ परेका यादवलाई मुद्रा सम्बन्धी कसूर अन्तर्गत कानूनी कारबाही अघि बढाइएको गिरीले जानकारी दिइन् ।