मृतकका आफन्तले पारे नेपालगन्ज-कोहलपुर सडक अवरुद्द

बिहीबार, पुस १९, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । नेपालगन्ज-कोहलपुर सडकखण्ड अवरुद्ध भएको छ । नेपालगन्जको कारकाँदोमा पुस १५ गते राती स्कारपियोको ठक्करबाट दुई जनाको मृत्यु भएको घटनामा प्रहरी प्रशासनले तदारुकताका साथ काम नगरेको भन्दै मृतकका आफन्तजनले सडक अवरुद्ध पारेका हुन् । 

मृतकका आफन्तले अहिले टायर बालेर सडकमा प्रदर्शन गरिरहेका छन्  । मध्यान्हदेखि सडक अबरुद्ध छ । 

नेपालगञ्ज–१८ कारकाँदोमा सूदुरपश्चिम ०१००१ च ३४६४ नम्बरको स्कर्पियोले ठक्कर दिँदा २४ वर्षीया आस्था शाह र बर्दियाको राजापुर नगरपालिका–१० का २५ वर्षीय मायाराम थारुको मृत्यु भएको थियो । उक्त दुर्घटनामा परी नेपालगञ्ज–१३ की २५ वर्षीया साहाना शाह घाइते भएकी थिइन् ।

उनी उपचाररत छिन् । चालक कैलाली लम्किचुहाका रामराज जैसीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।  

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १४:३४
प्रतिक्रिया दिनुहोस्