नेपाल-भारत जोड्ने झोलुङ्गे पुलको लठ्ठा भाँचिएपछि आवागमन बन्द

शुक्रबार, असार २९, २०८०

दार्चुला।  दार्चुलामा रहेको नेपाल-भारत जोड्ने झोलुङ्गे पुलको लट्ठा भाँचिएको छ ।

महाकाली नगरपालिका-९ दत्तु र भारतको बालुवाकोट जोड्ने झोलुङ्गे पुलको लठ्ठा भाँचिएपछि आवातजावत बन्द गरिएको छ। 

भारततर्फको पुलको लठ्ठा भाँचिदा दुर्घटनाको जोखिम हुने भएकाले  आवतजावत बन्द गरिएको जिल्ला प्रशासन  कार्यालय दार्चुलाले  जनाएको छ ।

नेपाली प्रशासन कार्यालयले प्राविधिकबाट चेकजाँच र मर्मतसम्भारका लागि भारतीय पक्षसंग पहल भइरहेको  जानकारी दिएको छ  ।

 

 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १०:४२
प्रतिक्रिया दिनुहोस्