काठमाडौं आइपुगे भारतीय विदेशमन्त्री

बिहीबार, पुस १९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् ।नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर काठमाडौं आइपुगेका हुन् ।

आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका विदेशमन्त्री जयशंकरलाई परराष्ट्र मन्त्री एनपी साउद र  परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गरेका हुन्।

विदेशमन्त्री जयशंकर आज बिहान ११ शितल निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गर्दैछन् ।

राष्ट्रपति पौडेलसँग भेटवार्ता सम्पन्न गरेपछि विदेशमन्त्री जयशंकरले मध्यान्ह १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भेटवार्ता गर्नेछन्  भने १ बजे होटल याक एन्ड यतीमा समकक्षी परराष्ट्र मन्त्री एनपी साउदसँग द्धिपक्षीय भेटवार्ता गर्नेछन् ।

लगत्तै १ः१५ बजेबाट त्यहाँ दुवै देशका मन्त्रीस्तरीय बैठक शुरु हुनेछ भने १ः४५ बजे विभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

सो सम्झौतापछि विदेश मन्त्री जयशंकरले विभिन्न दलका नेताहरुसँग राजनीतिक भेटवार्ता गर्नेछन् । जसअनुसार ३ः४५ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटर्वार्ता हुनेछ । 

४ः३० बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता हुने जनाइएको छ । साँझ ६ः१५ देखि सोल्टी होटलमा विदेश मन्त्री जयशंकरको सम्मानमा आयोजित रात्रिभोजमा सहभागी हुने जनाइएको छ । 

आज दिनभर औपचारिक कार्यक्रममा ब्यस्त रहे पनि भोलि भने भारतीय विदेश मन्त्री जयशंकर अनौपचारिक कार्यक्रममा सहभागी हुनेछन् । 

जसअनुसार भोलि बिहान पशुपतिनाथको दर्शन गर्नेछन् भने उनले पुनःनिमार्ण भइरहेका भवनहरुको निरीक्षण गर्नेछन् । दुई दिने नेपाल भ्रमणमा आउने विदेश मन्त्री जयशंकर भोलि मध्यान्ह १२ बजे स्वदेश फर्कने छन् । 

 

 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १०:१६
प्रतिक्रिया दिनुहोस्