कोशी ब्यारेजबाट सप्तकोशीमा ट्रक खस्यो,तीन जनाको उद्दार

शुक्रबार, असार २९, २०८०
Neuro hospital Nepalgunj

विराटनगर । कोशी ब्यारेजमा बससँग ट्रक ठोक्किँएर ट्रक  सप्तकोशीमा खसेको छ।  सप्तकोशीमा खसेको ट्रकमा सवार तीन जनालाई प्रहरीले सकुशल उद्दार गरेको जनाएको छ। 

पश्चिमबाट पूर्वतर्फजादै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस सुनसरीतर्फ कोशी ब्यारेजको पुलमा बिहान पौने ८ बजे ठोक्किएका थिए।

दुर्घटना हुँदा ट्रक भने सप्तकोशीमा खसेको थियो। ट्रक बेपत्ता भएको समेत प्रहरीले बताएको छ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १०:२९
प्रतिक्रिया दिनुहोस्