एपीएफले जित्यो प्रधानमन्त्री कप महिला टी-२० को उपाधि

बुधबार, पुस १८, २०८०

काठमाडौँ  । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएफले जितेको छ । 

आज कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको फाइनलमा एपीएफले कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै उपाधि जितेको हो । 

एपीएफ प्रतियोगितामा अपराजित हुँदै फाइनलमा पुगेको हो । लिग चरणमा सबै खेल जितेर शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेको एपीएफले कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

त्यस्तै पहिलो क्वालिफायरमा पराजित भएर दोस्रो क्वालिफायर खेलेको कोशी प्रदेशले इलिमिनेटरमा बागमती प्रदेशलाई हराएको सुदूरपश्चिम प्रदेशलाई  ९ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

 

 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १४:१३
प्रतिक्रिया दिनुहोस्