रुसी सेनामा भर्ना भएका स्याङ्जाका २३ वर्षीय युवकको मृत्यु

मंगलबार, पुस १७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । रुसी सेनामा भर्ना भएर युद्धमा होमिएका एक जना अर्का नेपाली युवकको मृत्यु भएको छ।  ।

रुसी सेनाका तर्फबाट युद्धमा गएका स्याङ्जा वालिङ नगरपालिका-१४ मान्खुका २३ वर्षीय हरि अर्यालको मृत्यु भएको पुष्टि भएको छ। 

रुसी सेनामा कार्यरत अर्यालको मृत्यु भएको वडा नम्बर १४ का वडाध्यक्ष राजु कुँवरले जानकारी दिए । वडाध्यक्ष कुँवरले परराष्ट्र मन्त्रालयबाट अर्यालको मृत्यु जानकारी आएको बताए।

अर्यालको २८ डिसेम्बर (१२ पुस ) मा मृत्यु भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । स्याङ्जा निवासी अर्याल २ महिनाअघि दुबई हुँदै रुस पुगेका थिए । नेपाली सेनामा  ३ वर्ष काम गरेको अनुभव लिएर अर्याल  रुस पुगेका थिए ।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १५:०७
प्रतिक्रिया दिनुहोस्