विश्वविद्यालयको पदहरु लिलामी नगर भन्दै नेविसंघको प्रदर्शन

मंगलबार, पुस १७, २०८०

काठमाडौँ । नेपाल विद्यार्थी संघले (नेविसंघ)  विश्वविद्यालयको उपकुलपति तथा पदाधिकारीहरु खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नुपर्ने माग राख्दै विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएको छ । 

नेविसंघको केन्द्रले खुला प्रतिस्पर्धामा जोड दिएसँगै विधिन्न क्याम्पसका विद्यार्थीले पनि सोही अनुसार सरकारलाई दबाब दिइरहेका छन्।

दलीय भागबन्डाका उपकुलपति र पदाधिकारी झोले भएसँगै शैक्षिण स्तर खस्किएको भन्दै विद्यार्थीहरुले नै खुला प्रतिस्पर्धाबाट छनोट हुनुपर्नेमा जोड दिएका छन् । 

सोही क्रममा नेविसंंघले रत्नराज्य क्याम्पस अगाडि प्रदर्शन गर्दै  आज सडक बहस कार्यक्रम आयोजना गरेको हो। 

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्