जेसिबी दुर्घटनामा चालकको मृत्यु

मंगलबार, पुस १७, २०८०
Neuro hospital Nepalgunj

धनगढी । बझाङमा जेसिबी दुर्घटनामा परेर चालकको मृत्यु भएको छ ।

गए राति जिल्लाको सिमखेतस्थित पुरानो बसपार्क नजिकबाट सु.प.प्र. २४५३ नम्बरको जेसिबी दुर्घटना हुँदा बित्थडचिर गाउँपालिका-६ का ३० वर्षीय  प्रकाश कठायतको मृत्यु भएको बझाङ प्रहरीले जानकारी दिएको छ ।

बसपार्कबाट जयपृथ्वी नगरपालिका कार्यालयतर्फ जाँदै गर्दा सडकबाट २० मिटर तल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङल्र जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  ०९:२७
प्रतिक्रिया दिनुहोस्