स्वास्थ्यकर्मीहरुको अभिनय रहेको राम साइँला दर्शकको रोजाईमा

मंगलबार, पुस १७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं  । स्वास्थ्यकर्मीहरुले अभिनय गरेको मणि रत्न र प्रभा बर्तौलाको राम साइँला गीतको भिडीओ सार्वजनिक भएको छ ।

टंक तिमिल्सिना र मेलिना राईको स्वरमा रहेको राम साइला-राम साइली बोलको गीतमा संगीत भने तिमिल्सिनाले नै दिएका छन् । 

नेपाली सांगितिक फाँटमा मोडलिङमा उदाउँन सुरु गरेका नेपालगन्जस्थित भेरी अस्पतालका दिनेश नेपाली र उनकै श्रीमती लक्ष्मी बिकको अभिनय रहेको छ भने दिपक ढकाल र मौनता अर्यालको समेत अभिनय रहेको छ। उनीहरु पनि स्वास्थ्यकर्मी हुन् ।

सानैदेखि मोडलिङमा पनि रुचि राखेका दिनेशको अभिनयले यस भिडीओको बेग्लै रौनक थपेको दर्शकहरुको भनाई छ। 

अहिले युटयुबमा दर्शकहरुले यस भिडीओलाई निकै रुचाइरहेका छन् ।

 

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  ०८:०९
प्रतिक्रिया दिनुहोस्