बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवकलाई सहिद घोषणा गरिने (सहमतिसहित)

सोमबार, पुस १६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । गत शुक्रबार ललितपुरको बालकुमारी घटनामा ज्यान गुमाएका दुई जना युवकलाई सहिद घोषणा गर्ने विषयमा सरकार र मृतकका परिवारबीच सहमति भएको छ।

आज मृतकका परिवारसँग सरकारले विभिन्न विषयमा सहमति गर्दै उनीहरुलाई सहिद घोषणा गर्ने सम्झौता भएको हो।त्यस्तै सरकारले मृतकका परिवारका एक-एक जना सदस्यलाई रोजगारी समेत दिने भएको छ।

बालकुमारी आन्दोलनका क्रममा अछामका विरेन्द्र शाह र दैलेखका सुरज राउतको प्रहरीको गोली लागेर मृत्यु भएको थियो।

हेर्नुहोस् यस्तो छ सहमति ।

 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १८:४३
प्रतिक्रिया दिनुहोस्