एसीसी इमर्जिङ कप: नेपाल आज पाकिस्तानसँग खेल्दै

शुक्रबार, असार २९, २०८०

काठमाडौं । नेपालले आज एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत पाकिस्तान को 'ए' टिमसँग खेल्दैछ। श्रीलंका जारी प्रतियोगितामा नेपालले आज पाकिस्तान सवा १० बजे पाकिस्तानसँग खेल्दैछ।

पाकिस्तानको 'ए' टिममा केही चर्चित अनुहार समेत रहेका छन् । पाकिस्तान राष्ट्रिय टोलीबाट खेलिसकेका मोहम्मद हरिसको कप्तानीमा पाकिस्तान 'ए टिम रहेको छ । 

टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका मोहम्मद वासिम जुनियर तथा शाहनवाज दाहानी समेत छन् । नेपाल भने साबिक कप्तान रोहित पौडेलको कप्तानीमा मैदान उत्रँदै छ ।

प्रतियोगितामा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा पाकिस्तान ‘ए’ , भारत ‘ए’ र युएई छन् ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  ०९:५६
प्रतिक्रिया दिनुहोस्