सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
डुडुवा (बाँके) । बाँकेको डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । आर्थिक बर्ष २०८०-०८१ को प्रथम त्रैमासिक अन्तर्गत साउनदेखि असोजसम्मको भत्ता वितरण गर्न थालिएको हो ।
गाउँपालिकाको वडा नं.२ बेतहनीबाट आजदेखि भत्ता वितरण शुरु गरिएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले वडा नं. २ का जेष्ठ नागरिकलाई रकम हस्तान्तरण गर्दै सुरक्षा भत्ता वितरणको शुभारम्भ गरेका हुन् ।
भत्ता विरतण कार्यको शुभारम्भ गर्दै अध्यक्ष चौधरीले चिसोको मौसममा नागरिकलाई सहजकताका लागि यस वर्ष बैंकका कर्मचारीहरु वडा वडामा पुगेर भत्ता वितरणको कार्य सुरु गरिएकोे बताए । अध्यक्ष चौधरीले भत्ता वितरण प्रक्रियामा बैंकिङ लगायत प्राविधिक समस्याले स्थानीयको घर घरमै पुगेर वितरण गर्न नसक्नु दुखद कुरा भएको भन्दै त्यसको विकल्पमा बैंकलाई वडा (गाउँस्तर)मै बोलाएर वितरण गर्न लागेको बताए ।
भत्ता वितरण कार्यक्रममा पालिकाका उपाध्यक्ष शाहिदा बानो, २ नं.का वडा अध्यक्ष दुर्गाप्रसाद बर्मा लगायतको उपस्थिती रहेको थियो । वडा नं. २ अन्तर्गत प्रहरी चौकीमा आज भत्ता वितरण गर्न सुरु गरिएको पालिकाका एमआइएस अपरेटर कौशलकुमार कैराँतीले बताए । उनका अनुसार पालिकाले भत्ताको रकम इएफटी प्रर्णालीको समस्याका कारण खातामा रकम जम्मा नभएकाले पहिलो त्रैमासिकको रकम वितरण गर्न लागिएको र यो रकम पछि वितरण हुनेछ ।
गाउँपालिकामा पहिलो त्रैमासिकका लागि चार हजार तीन सय ३८ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिने पालिकका वडा सचिव शिवकुमार मौर्यले बताए ।
वडा सचिव मौर्यका अनुसार ६८ वर्ष पुगेका जेष्ठ नागरिकलाई प्रति महिना र चार हजार रुपैयाँ , ६० वर्ष पुगेका जेष्ठ नागरिक दलित, ६० वर्ष पुगेका जेष्ठ नागरिक एकल, विधुवा आर्थिक सहायतालाई प्रति महिना दुई हजार ६ सय ६० रुपैयाँ , पुर्ण अपागंता भएका व्यक्ति (क) वर्गलाई प्रतिमहिना तीन हजार नौ सय ९० रुपैयाँ , अपांगता भएका व्यक्ती (ख) वर्गलाई प्रतिमहिना दुई हजार एक सय २८ रुपैयाँ र जन्मेदेखि ५ वर्ष मुनिका दलित बालबालिकालाई प्रतिमहिना पाँच सय ३२ रुपैयाँका दरले रकम वितरण गरिनेछ ।