सशस्त्र प्रहरी बल नं. २८ गणले मनायो आफ्नो १७ औं वार्षिकोत्सब

सोमबार, पुस १६, २०८०

कपिलवस्तु । कपिलवस्तुस्थित सशस्त्र प्रहरी नम्बर २८ गणले आइतबार  आफ्नो १७ औं  वार्षिकोत्सब मनाएको छ।

वार्षिकोत्सब समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी ) अभि कुमार खत्रीले कर्तव्य पालनाको सिलशिलामा देश र जनताको सुरक्षाको लागि अहोरात्र खटिएर विरगती प्राप्त गरेका बिर अम्मर सशस्त्र प्रहरी शहिदहरुले गौरवमय ईतिहास कोर्न सफल सशस्त्र प्रहरी राष्ट्रकै सफल अंगको रुपमा स्थापीत भएको बताए।

डीआईजी खत्रीले फौजी संगठनको जग भनेको संगठनमा आवद्ध अनुसाशित पेसागत जनशक्ति भएको बताउँदै राष्ट्रियता प्रतिको सेवाभावले प्रेरित भई राष्ट्रसेवकहरुले कार्यक्षेत्रमा प्रस्तुत गर्ने उच्चकोटीको अनुसाशन , व्यवसायीक सिपबाट नै संगठन राष्ट्रको गौरव अभिवृद्धि हुने  बताए ।

त्यस्तै कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी बिश्व प्रकाश अर्यालले सिमित श्रोत र साधनका बाबजुद सशस्त्र प्रहरीले गरेको कार्यको उच्च मूल्याकंन गरिएको बताए। प्रजिअ अर्यालले ९३ किलोमिटर लामो सीमा रहेको कपिलवस्तुमा जनशक्ति कम हुँदा पनि सुरक्षा सम्बन्धमा धेरै चुनौती हुँदाहुँदै सशस्त्र प्रहरीले गरेको सीमा सुरक्षाको प्रशंसा गरे। 

कार्यक्रममा सशस्त्र प्रहरी बल नं.२८ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) जीवन केसीले न्यून जनशक्ति एवं श्रोत साधनहरुको सिमितताका बावजुद कपिलवस्तुको सीमा सुरक्षा, अपराध नियन्त्रण , अवैध तस्करी लगायत अन्य अवैद्य गतिविधि माथि नियन्त्रण  गर्दै आएको बताए । साथै एसपी केसीले यस्तै सशस्त्र प्रहरीले  जनप्रतिनिधी, नागरिक समाज र भारतीय समकक्षी एसएसवीसंग नियमित समन्वय र सहकार्य गर्दै आएको बताए।

कपिलवस्तुस्थित सशस्त्र प्रहरी बल नं.२८ गणको स्थापना वि.सं. २०६४ साल पुस १५ गते भएर जिल्लाको शान्ति सुरक्षा , सीमा सुरक्षा लगायतका सर्हानिय कार्य गर्दै आएको छ।

सशस्त्र प्रहरी बल लुम्बिनी प्रदेशभित्रका कार्यालय प्रमुख, अन्य सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको कार्यक्रममा विभिन्न खेलहरु विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो।

 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  ०९:१६
प्रतिक्रिया दिनुहोस्