सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । अंग्रेजी नयाँ वर्ष २०२४ सुरु भएको छ। नयाँ वर्षको स्वागतको तयारी विभिन्न देशले विभिन्न प्रकारले गरेका छन् ।
सबैभन्दा पहिले न्यूजिल्याण्डमा नयाँ वर्षको स्वागत गरिएको छ । त्यपसछि अष्ट्रेलिया, दक्षिण कोरिया, उत्तर कोरिया र जापानमा नयाँ वर्षको स्वागत गरिएको छ ।
न्यूजिल्याण्डको अकल्याण्डमा स्काइटावरमा १० सेकेन्डको काउन्टडाउनपछि आतिशबाजी शुरु भएको थियो । यो पाँच मिनेटसम्म चलेको थियो।
अष्ट्रेलियाको हार्बर ब्रिज र ओपेरा हाउस नजिक १२ मिनेटसम्म आतिशबाजी चलेको थियो । सो क्रममा साढे आठ टन पटाखा जलाइएको थियो ।
त्यसको तयारी १५ महिनादेखि चलिरहेको थियो। १० लाख भन्दा बढी मानिस भेला भएका थिए । हङकङमा ‘न्यू इयर न्यू लिजेन्ड’ थिममा आधारित रहेर १२ मिनेटसम्म आतिशबाजी गरिएको थियो। त्यहाँका ठूला भवनमा एकैपटक आतिशबाजी भएको थियो ।
३१ डिसेम्बरको मध्यरात १२ बजेपछि दुनियाँभर नयाँ वर्षको स्वागत थालिएको थियो ।