आज भानुजयन्ती मनाइँदै

शुक्रबार, असार २९, २०८०

काठमाडौं ।  आदिकवि भानुभक्त आचार्यको आज २१० औँ जन्मजयन्ती मनाइँदैछ।

आज  देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी भानुजयन्ती मनाइँदैछ । 

संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रश्तुत गरेका थिए । उहाँले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ।

आदिकवि भानुभक्तले नेपाललाई भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  ०९:४५
प्रतिक्रिया दिनुहोस्