बालकुमारी घटनाबारे यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

शनिबार, पुस १४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । ललितपुरको बालकुमारीमा भएको घटनाका विषयमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतका परिवारलाई १०-१० लाख रुपैयाँ दिने निर्णय गरेको छ।

आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रदर्शनमा मारिएका सुरज राउत र विरेन्द्र शाहको  परिवारलाई १०-१०  लाख रूपैयाँ दिने र प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचार खर्च सरकारले नै स्वयम बेहोर्ने निर्णय गरेको सरकारकी प्रवक्ता  रेखा शर्माले जानकारी दिएकी छन्।

घटनाबारे दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने बैठकले निर्णय गरेको शर्माले बताइन् ।

त्यस्तै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्ने र भविष्यमा यस्ता प्रकृतिका घटना हुन नदिन गृह मन्त्रालयले सुरक्षा निकाय र अन्य सम्बद्ध निकायलाई थप सतर्क संयमित तथा प्रभावकारी बनाउने भन्ने पनि निर्णय पनि आजको मन्त्रिपरिषद् बैठकबाट भएको मन्त्री शर्माले जानकारी दिइन्।

यसअघि आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री, गृहमन्त्री र सुरक्षा निकायका प्रमुखरहरूको बैठकले बालकुमारी घटनमा गोली हान्न आदेश डीएसपीलाई निलम्बन गरेको छ भने ललितपुरका सिडिओ र एसएसपीलाई गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालय तानेको छ।

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १६:५२
प्रतिक्रिया दिनुहोस्