बालकुमारी घटना: मन्त्रिपरिषद्को आकस्मिक बैठक

शनिबार, पुस १४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाका विषयमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरू भएको छ।

आज दिउँसो २ बजेका लागि बोलाइएको   मन्त्रिपरिषद् बैठक केही बेरअघि मात्र सुरू भएको हो।

बैठकले बालकुमारीको प्रदर्शनमा मारिएका  सुरज राउत र विरेन्द्र शाहको परिवारलाई दिने १०-१० लाख रुपैयाँ राहतका विषयको निर्णय गर्ने बताइएको छ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा  प्रधानमन्त्री, गृहमन्त्री र सुरक्षा निकायका प्रमुखरहरूको बैठकले बालकुमारी घटनमा गोली हान्न आदेश डीएसपीलाई निलम्बन गरेको छ भने ललितपुरका सिडिओ र एसएसपीलाई गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालय तानेको छ।

 

 

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्