गरिबका सहारा स्वास्थ्यकर्मी बस्नेत दम्पतीले गरे वैवाहिक वर्षगाँठमा मानवीय सेवा

शुक्रबार, असार २९, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज  । सहयोगी मनका धनी नेपालगन्ज उपमहानगरका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेत र नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका सिनियर स्टाफ नर्स संगम रावत वैरागीले आफ्नो वैवाहिक वर्षगाँठमा मानवीय सेवामा समपर्ण गरेर मनाएका छन् ।

नेपालगन्जका स्वास्थ्यकर्मी बस्नेत  दम्पतीले आफ्नो १२ औं वैवाहिक वर्षगाँठमा मानव सेवा आश्रममा आश्रय लिएर बसिरहेका बेसहाराहरुलाई  लक्षित गरेर बस्नेत र रावत दम्पतीले औषधि, फिल्टर, मिष्ठान र कपडा सहयोग गरेका छन् ।

नेपालगन्ज -४ गणेशपुर निवासी बस्नेत दम्पतीले सामाजिक सहयोग गर्नुपर्ने सोचका साथ रमाइलो गरेर खर्च गर्नुभन्दा विशेष दिनमा आश्रममा आश्रय लिएर बसेका  व्यक्तिहरुलाई केही हदसम्म सहयोग पुगोस् भन्ने उदेश्यले सहयोग गरिएको बताए।

बस्नेत दम्पती आश्रमका लागि स्वच्छ पानीका लागि २५ हजार रुपैयाँ पर्ने अक्वा गार्ड फिल्टर,  ८ हजार बराबरको औषधि, एक वर्षीय कुपोषित बालकलाई १५०० रुपैयाँ बराबरको कपडा प्रदान गरेका थिए। साथै बस्नेत दम्पतीले  मानसिक समस्याबाट पीडित भएर  आश्रममा बसिरहेका  ४५ जनालाई मिष्ठभोजन समेत गराएका थिए।

कुनै गरिव दुखी उपचारवाट बन्चित भए सहयाेग गर्न पुगिहाल्ने   जनस्वास्थ्य निरीक्षक बस्नेत  काेभिडको समयमा निरन्तर आफ्नो स्वास्थ्यको प्रवाह बिना बिरामीको हेरचाहमा बढी खटिएका स्वास्थ्यकर्मीका रुपमा चिनिन्छन्।

बस्नेत दम्पतीले यसअघि पनि भेरी अस्पतालमा एक्वा गार्ड  जडान गरिसकेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  ०८:४३
प्रतिक्रिया दिनुहोस्