गुजरात उच्च अदालतले खारेज गर्यो राहुल गान्धीको पुनरावेदन

शुक्रबार, असार २२, २०८०

भारत । भारतीय कांग्रेस आईका नेता राहुल गान्धीको पुनरावेदन निवेदन गुजरात उच्च अदालतले खारेज गरेको छ ।

मोदी थर भएकाहरूको मानहानी हुनेगरी अभिव्यक्ति दिएका नेता गान्धीलाई तल्लो अदालतले दोषी ठहर गर्दै दुई वर्ष जेल सजाय सुनाएपछि त्यसविरुद्ध उनले उच्च अदालतमा पुनरावेदन गरेका थिए । 

उच्च अदालतका न्यायाधीश हेमन्त एम प्रचकको इजलासले तल्लो अदालतले गरेको निर्णयलाई सदर गर्दै गान्धीको पुनरावेदन निवेदन खारेज गरिएको जनाएको छ। 

न्यायाधीश प्रचकले ‘ट्रायल कोर्टको फैसला उचित भएकाले तयसमा हस्तक्षेप गर्न आवश्यक नभएको’ बताएका छन् । नेता गान्धीविरुद्ध कम्तीमा १० वटा आपराधिक मुद्दा विचाराधीन छन् । ट्रायल कोर्टको फैसलासँगै नेता गान्धीको सांसद पद पनि खारेज भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १९:२९
प्रतिक्रिया दिनुहोस्