बालकुमारीमा दुई युवक मारिएको घटनाको छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन

शनिबार, पुस १४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । ललितपुरको बालकुमारीमा दुई जना युवक मारिएको घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी लिएका छन् ।

शुक्रबार दिउँसो इपीएस प्रणालीमा फारम भर्न नपाएका युवाहरुको समूहले ग्वार्को र बालकुमारीमा गरेको प्रदर्शनका क्रममा भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी गरेपछि आक्रोशमा आएको प्रहरीबाट  दुई जना मारिएको घटनाका बारेमा आज बिहान जानकारी लिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा गृहमन्त्रीसहित गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुंवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग जानकारी लिएका हुन् ।

ब्रिफिङमा सहभागीहरुले प्रधानमन्त्रीलाई घटना दु:खद भएको र यसको छानबिन समितिसमेत गठन गरिएको बताएका छन् । प्रधानमन्त्रीले घटनाको तत्काल निष्पक्ष छानबिन गर्न निर्देशन दिएका छन् ।

 

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १०:५०
प्रतिक्रिया दिनुहोस्