काठमाडौंका यी स्थानमा आज विद्युत् अवरुद्द हुँदै

शनिबार, पुस १४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । काठमाडौंका विभिन्न स्थानहरुमा आज  विद्युत् अवरूद्ध हुँदैछ।

नेपाल विद्युत् प्राधिकरणले ११ केभी मुलपानी सब-स्टेशन मर्मतका लागि साँखु फिडर सटडाउ गर्नु पर्ने भएकाले आज बिहान १० बजेदेखि ४ घण्टा विद्युत् अवरूद्ध हुन लागेको हो।

आज साँखु फिडर अन्तर्गत पर्ने मायापाटी, ब्रम्हखेल, इन्द्रायनी, साँखु, जहरसिं पौवा, नांगलेभरे क्षेत्रमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ।

त्यस्तै लाजिम्पाट फिडर अन्तर्गत पर्ने ती क्षेत्रहरूमा विद्युत भूमिगतको काम गर्नुपर्ने भएकाले साढे चार घन्टा विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार  लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा आज बिहान साढे ९ बजेदेखि दिउँसो साढे २ बजेसम्म विद्युत अवरूद्ध हुनेछ।

तोकिएको समय अगाडी नै काम सकिए विद्युत लाइन सुरू हुने प्राधिकरणले जनाएको  छ।

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  ०८:१४
प्रतिक्रिया दिनुहोस्