ग्वार्को आन्दोलन: अर्का एक गम्भीर घाइतेको पनि मृत्यु

शुक्रबार, पुस १३, २०८०

काठमाडौं । ललितपुरको ग्वार्को र बालकुमारीको प्रदर्शनमा उत्रिएका अर्का एक युवकको मृत्यु भएको छ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर आन्दोलित युवाहरुको समूहको आन्दोलनले उग्र रुप लिएपछि प्रहरीसँगको झडपमा परेर गम्भीर घाइते वीरेन्द्र शाहको अस्पतालमा मृत्यु भएको हो। 

गम्भीर घाइते भई पाटन अस्पतालमा उपचाररत् वीरेन्द्र शाहको पनि आज अपराह्नमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। यसअघि प्रदर्शनमा उत्रिएका   २३ वर्षीय सुजन राउतको केहीबेर अघि मृत्यु भएको थियो

आज बिहानदेखि आन्दोलनरत युवाहरुले भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका छन्  आगजनीबाट मन्त्री ज्वाला चढ्ने उक्त गाडी क्षतिग्रत भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आन्दोलनकारीले मन्त्री ज्वाला क्वाटरबाट पार्टी बैठकमा जाँदै गर्दा बालकुमारी आकाशे पुल नजिक आगजनी गरेका हुन् । मन्त्रीको गाडीमा आगजनी गरेपछि प्रहरीले बल प्रयोग गरेको हो।

यता प्रहरीले यसअघि मृत्यु भएका राउतलाई प्रहरीको गोली लागेर मृत्यु नभएको बताएको छ। अस्पतालका चिकित्सकका अनुसार उनको छातीमा निल डाम देखिएको छ।

 

 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १५:३०
प्रतिक्रिया दिनुहोस्