किन गर्दैछन् इपीएस परीक्षार्थीले प्रदर्शन? मन्त्रीको गाडी जलाउने ५ जना पक्राउ

शुक्रबार, पुस १३, २०८०

ललितपुर  । ललितपुरको ग्वार्को र बालकुमारी सडक तनावग्रस्त बनेको छ। रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर आन्दोलित हजारौंको संख्याका युवाहरुले सडक अबरुद्ध पारेका छन् ।  उनीहरुको परिक्षाको विषयलाई लिएर आन्दोलन सुरु गरेका हुन् ।

उनीहरु र प्रहरीबीच ढुङ्गा हानाहान भइरहेको छ। प्रहरीले दर्जनौं राउन्ड हवाइ र अश्रुग्यास प्रहार गरेको छ।

प्रहरीको टोली स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको ललितपुर प्रहरीले जनाएको छ। आज बिहानदेखि आन्दोलनरत युवाहरुले भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका छन्  आगजनीबाट मन्त्री ज्वाला चढ्ने उक्त गाडी क्षतिग्रत भएको प्रहरीले जनाएको छ।

प्रहरीले मन्त्रीको गाडीमा आगजनी गर्ने ५ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन।

प्रहरीका अनुसार आन्दोलनकारीले मन्त्री ज्वाला क्वाटरबाट पार्टी बैठकमा जाँदै गर्दा बालकुमारी आकाशे पुल नजिक आगजनी गरेका हुन् ।

अहिले ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। त्यहा भएर गुड्ने सवारीसाधन ठप्प बनेका छन् । प्रहरी र सुरक्षाकर्मीबीच घम्साघम्सी चलिरहेको छ। 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १३:४४
प्रतिक्रिया दिनुहोस्