ललितपुरको ग्वार्को तनावग्रस्त, मन्त्रीको गाडीमा आगजनी

शुक्रबार, पुस १३, २०८०
Neuro hospital Nepalgunj

ललितपुर  । ललितपुरको ग्वार्कोमा आन्दोलनमा उत्रिएका युवाहरुको समूहले मन्त्रीको गाडीमा आगजनी गरेका छन् । 

ग्वार्को र ग्वार्को माथिको आकाशेपुलमा युवाहरुले आन्दोलन गरिरहेकामा कोटेश्वरतर्फ  आउँदै गरेको भौतिक पुर्वाधार तथा यातायात  मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका हुन् । 

कोरिया जान नपाएका ईपीएस पीडितले ग्वार्कोस्थित ईपीएसको शाखामा गरिरहेको आन्दोलनका क्रममा उक्त गाडीमा आगजनी गरेका हुन् । ग्वार्को क्षेत्र अहिले तनावग्रस्त रहेको छ । 

उक्त गाडीमा सवार मन्त्री ज्वाला र सुरक्षा गार्डसहित चालकलाई बाहिर निकालेर आन्दोलनकारीले आगजनी गरेका हुन् ।

त्यहा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने प्रहरीले दर्जनौं राउन्ड हवाइ फायर गरेको छ। विस्तृत विवरण आउँन बाँकि ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १२:४८
प्रतिक्रिया दिनुहोस्