आज पनि क्रिकेटर सन्दीपविरुद्दको मुद्दाको सुनुवाइ

शुक्रबार, पुस १३, २०८०

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्दको नाबालिक बलात्कार मुद्दाको सुनुवाइ आज पनि हुँदैछ।

जिल्ला अदालत काठमाडौंमा सन्दीपविरुद्दको मुद्दाको अन्तिम सुनुवाइ प्रारम्भ भएपनि  सुनुवाइले नसकिएपछि आजलाई सुनुवाइ सारिएको हो।

न्यायाधीश शिशिरराज ढकालको इजलासले पुस ८ गते निरन्तर सुनुवाइ गरिरहेपनि नसकिएपछी  मुद्दालाई हेर्दाहेर्दैमा  आजलाई राखेका थिए।

सन्दीपको मुद्दा सात महिनादेखि सर्दै आएको छ।क्रिकेटर सन्दीप लामिछानेविरुद्दको नाबालिक सन्दीपको बलात्कार मुद्दाको छिनोफानो सम्भवत आज नै हुनेछ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  ०७:३३
प्रतिक्रिया दिनुहोस्