सङ्खुवासभाबाट २ सय किलो आखेटोपहारसहित दुई जना पक्राउ

शुक्रबार, पुस १३, २०८०
Neuro hospital Nepalgunj

सङ्खुवासभा । प्रहरीले  सालकको दुई सय किलो आखेटोपहारसहित दुई जनालाई पक्राउ गरेको छ।

सङ्खुवासभा प्रहरीले मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रबाट दुर्लभ जङ्गली जनावर सालकको आखेटोपहारसहित दुई जना पक्राउ परेका हुन् ।

आखेटोपहारसहित पक्राउ पर्नेमा भोटखोला गाउँपालिका -२ रिदाकका ३५ वर्षीय छिरिङ भोटेसहित एक महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । 

पक्राउ परेकी महिलाको नाम भने सार्वजनिक गरिएको छैन । 

भोटखोला गाउँपालिका-२ च्याम्ताङबाट  बुधबार राति दुई सय किलो दुर्लभ सालकको आखेटोपहारसहित पक्राउ परेका भोटखोला -२ का छिरिङ र एक महिलालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पक्राउ परेकालाई शुक्रबार साँझसम्ममा सदरमुकाम खाँदबारी ल्याइने प्रहरीले जनाएको छ । उनीहरूलाई सदरमुकाम ल्याएपछि पत्रकार सम्मेलन गरिने उक्त कार्यालयले बताएको छ । 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  ०७:१०
प्रतिक्रिया दिनुहोस्