धितोपत्र बोर्ड अध्यक्षको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण विभागलाई निर्देशन

बिहीबार, पुस १२, २०८०

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सम्पत्ति छानबिन गर्न सार्वजनिक लेखा समितिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको  बैठकले प्रिमियम मूल्यमा निष्कासन भएका सबै आईपीओको औचित्य र मूल्यांकनको सम्बन्धमा पनि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि निर्देशन दिएको छ ।

लेखा समितिले प्रिमियममा जारी भएका आईपीओका विषयमा छलफल गर्न आज बोर्डका अध्यक्ष हमाललाई बोलाए पनि उनी अनुपस्थिति भएका छन् । ।

बैठकमा अधिकांस सांसदहरूले प्रिमियममा जारी भएका आईपीओका सम्बन्धमा अध्ययन गर्नु पर्ने भन्दै बोर्डका  अध्यक्ष हमालको कार्यशैलीको चर्को आलोचना गरेका थिए ।

 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १५:१०
प्रतिक्रिया दिनुहोस्